
१६ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ३५ संक्रमित थपिएका छन् । देशभर ९ हजार ८४ जनाको नमूना परीक्षण हुँदा २ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय १२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा ४ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ९४ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ८ सय ७९ रहेकाे छ ।
