७ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १० हजार ७ सय ३ जना संक्रमित थपिएका छन् । देशभर २३ हजार ९२ जनाको नमूना परीक्षण हुँदा १० हजार ७ सय जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७ सय ६६ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६५ हजार ३ सय ७४ जना पुगेकाे छ ।
यसैगरी आज ३ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ३५ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *