८ माघ २०७८, काठमाण्डाैं– नेपालमा तेस्राे लहरका कारण मृत्यु हुनेकाे संख्या बढ्न थालेकाे छ । गएकाे २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा हालसम्म ११ हजार ६ सय ५१ जना पुगेका छन् । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १० हजार २ सय ५४ जना संक्रमित थपिएका छन् । देशभर २० हजार १ सय ८७ जनाको नमूना परीक्षण हुँदा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७ सय ८ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ७२ हजार ८ सय ६२ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *