
९ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण ६ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा कोरोना भाइरसका १७ हजार ४ सय ३७ जनाकाे नमूना परीक्षण हुँदा ६ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ हजार ४ सय १६ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ७७ हजार ४४ जना पुगेकाे छ । आज नेपालमा ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ५५ पुगेकाे छ ।
