१० माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण आज १० हजार ३ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा २१ हजार २ सय १ जनाकाे नमूना परीक्षण हुँदा १० हजार ३ सय १९ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ हजार ५ सय ४० जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ८२ हजार ५ सय ५० जना पुगेकाे छ । आज नेपालमा ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ५९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *