
१२ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण आज ८ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा २० हजार ३ सय ५९ जनाकाे नमूना परीक्षण हुँदा ८ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४ हजार ४ सय ३३ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ९० हजार ६७ जना पुगेकाे छ । आज नेपालमा ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ७२ पुगेकाे छ ।
