कोरोनाले दमक अस्पताल नै प्रभावित: इमरजेन्सी बाहेक सवै सेवा बन्द



१२ माघ २०७८/सारासन्देश समाचार
पूर्वी नेपालमा अत्याधिक विरामीको चाप रहने झापाको दमक अस्पताल केही दिनका लागि बन्द गरिएको छ । अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखा परे पछि अस्पतालको सेवा आज देखि शुक्रबारसम्मलाई बन्द गरिएको छ । १५ वेडको दमक अस्पतालमा पछिल्लो समय विरामीको चाप प्रदेश नम्बर एकमै उच्च हुन थाले पछि अस्पतालमा करारका सहित १ सय १६ जना स्टाफ रहेका छन् । जस मध्ये दैनिक सेवामा खटिने आधा भन्दा धेरै कर्मचारीलाई कोरोना संक्रमण भएकाले अत्याआवश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको अस्पतालकी सूचना अधिकारी देव कुमारी दंगालले बताउनु भयो ।

अस्पतालमा यस अघि दैनिक ८ सय देखि १ हजारसम्म विरामीले सेवा लिँदै आएको अस्पतालले जानकारी दिएको छ । पछिल्लो समय कोरोना कहरले स्वास्थ्यकर्मी नै विरामी पर्न थाले पछि जिल्लामा अन्य स्वास्थ्य केन्द्र समेत प्रभावित भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८४५४ संक्रमित, ४४३३ निकाेः ५ जनाकाे मृत्यु ( स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)
Next post झापामा पहिलो पटकमै हाइव्रेड बयर खेतीमा सफलता (फाेटाे फिचर सहित)