खुशीकाे खबर नेपालमा केही दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या दाेब्बरले बढ्याे (तालिका सहित)

२० माघ २०७८,काठमाडौं– नेपालमा केही दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्न थालेकाे छ । संक्रमण संख्या केही कम हुन थाले पछि फाल्गुन देखि सरकारले भाैतिकरूपमा विधालय लगाउने समेत तयारी थालेकाे छ । नेपालमा गत २४ घण्टामा ३ हजार १ सय ७५ जनामा कोरोना भाइरस संक्रमण थपिँदा दाेब्बर बढी ८ हजार ७ सय २३ जना निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५ जनामा गरिएको नमूना परीक्षणमा ३ हजर १ सय ७५ जनामा संक्रमण पुष्ट भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ७ सय ७८ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ९६ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनुदानले माछा पालन बढ्दैः भारतीय माछाका कारण किसानहरु समस्यामा (फाेटाे फिचर सहित)
Next post दमकका दृष्टिविहीनले थाले आफ्नै चप्पल उद्योग संचालन (फाेटाे फिचर सहित)