अनुदानले माछा पालन बढ्दैः भारतीय माछाका कारण किसानहरु समस्यामा (फाेटाे फिचर सहित)


१९ माघ २०७८/डिकेश लामा
सरकारले बर्षेनी अनुदान कार्यक्रमलाई जोड दिए पछि झापामा माछा पालनमा आकार्षण बढ्न थालेको छ । ३ बर्ष देखि माछा व्लक कार्याक्रम जिल्लामा संचालनमा हुन थाले पछि माछा उत्पादन समेत बढ्दै गएको छ । तर व्यवसायिक रुपमा खेती गर्न थालेका किसानहरु भने भारतबाट अवैधरुपमा फरमालिन लगाएको माछा बजारमा आएका कारण स्थानीय जातका माछा विक्रीमा समस्या हुन थालेको ४ बर्ष देखि लगातार माछा पालनमा लाग्नु भएका ताजपुयिा कृृषि फार्ममा संचालक दिलिप ताजपुरियाले बताउनु भयो । ताजपुरियाका अनुसार भारतमा दाना सस्तो हुने भएकाले नेपालको भन्दा सस्तो बजारमा आउने कारणले ग्रामिण क्षेत्रका किसानहरु समस्यामा पर्ने गरेका छन् ।

पछिल्लो समय एउटा व्लकलाई ९० लाख रुपयाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलव्ध गराउन थाले पछि जिल्लामा माछा पालन बढ्दै गएको छ । नयाँ व्लकलाई ९० लाख र पुरानोलाई निरन्रतरताका लागि ४५ लाख उपलव्ध गराउने गरेको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. विनय श्रेष्ठले बताउनु भयो । डा. श्रेष्ठका अनुसार लामो बाटो माछा लिएर आउँदा कुहिने भएकाले फरमालिनको प्रयोग गरेको माछा मात्र भारतबाट भित्रने गरेको छ । जुन माछा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले स्थानीय माछा भन्दा केही सस्तो पर्ने भए पनि भारतीय माछा खान नहुने उहाँले बताउनु भयो । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत यस बर्ष पनि माछा व्लक कार्याक्रम संचालन गरे पछि यूवाहरु विदेश जानुको सट्टा गाउँघरमै माछा पालनमा जुट्न थालेका छन् । अनुदानले किसानहरू धेरै अार्काषित भएकाे प्रधानमन्त्री कृषि अाधुनिकीकरण परियाेजनाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयाे ।

विगत ३ बर्ष देखि झापामा माछा व्लक कार्याक्रम बर्षेनी संचालन गर्न थाले पछि गाउँ गाऊँमा माछा पालन गर्ने किसानको संख्या बढ्न थालेको छ । यस बर्ष पनि नयाँ र पुरानो माछा व्लक कार्याक्रम संचालन भइरहेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताउनु भयो । नयाँ माछा व्लकमा ९० लाख र पुरानोलाई निरन्तरताका लागि ४५ लाख बजेट अनुदान दिँदै आइएको छ । अनुदान पाउन थाले पछि माछा पालनलाई बढाउँदै लगिएको माछा व्लक संचालित क्षेत्र कमल गाउँपालिकाका किसान सरस्वती ताजपुरियाले बताउनु भयो ।

अनुदान नआउँदै माछा पालेर जिविकोपार्जन गर्ने किसानलाई समेत पछिल्लो व्लक कार्याक्रम संचालनले सहयोग पुगेको छ । कोरोना कहरले विदेश जानुको सट्टा युवाहरुले स्वदेशमै माछा पालनबाट राम्रो आम्दानी समेत गर्न थालेका छन् । झापामा ३ सय १६ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ । अनुदान पाए पछि जिल्लामा बर्षेनी माछा पालनको क्षेत्र र उत्पादन समेत बढ्दै गएको पशुसेवा विज्ञ केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३६३७ संक्रमित, ७५५५ निकाेः १२ जनाकाे मृत्यु
Next post खुशीकाे खबर नेपालमा केही दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या दाेब्बरले बढ्याे (तालिका सहित)