लावतीको अध्यक्षतामा १ सय ५१ सदस्यीय एकीकृत समाजवादीको वडा कमिटी गठन



२२ माघ २०७८,गोविन ल्वागुन (शिबसताक्षी)–
झापाको शिवसताक्षी ७ चन्द्रडाँगीस्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी)को वडा स्तरीय भेलाले पुर्ण कुुमार लावतीको अध्यक्षतामा १ सय ५१ वडा कमिटी गठन गरेको छ । शनिबार नेकपा (एकीकृत समाजवादी) नगर कमिटी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाका प्रवक्ता नबिन इजमको अध्यक्षता र पार्टी जिल्ला कमिटी सचिव मणी भण्डारीको प्रमुख आतिथ्यतामा शिबसताक्षी–७ नम्बर वडा कमिटी गठन गरिएको हो ।

उक्त वडा कमिटीको अध्यक्षमा पुुर्णकुमार लावतीलाई भेलाले सर्वसम्मत चयन गरेको छ । लावतीकोे अध्यक्षतामा गठित समितिको उपाध्यक्षद्वयमा धनश्याम काफ्ले र गोमानसिह राजबंशी सर्बसम्मत चयन भएका छन । यसैगरी, सचिवमा सर्ण लक्सम, सहसचिवद्वय भिष्म राजबंशी र सन्जय राजबंशी रहेको नेकपा एकीकृत समाजबादी नगर सचिब शान्तिराम न्यौपानेले बताए । आज शनिबार सम्पन्न भेलाद्वारा गठन भएको वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका जिल्ला सचिव मणी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

नेता भण्डारीले नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई पाटीसंगठनको गतिविधिमा सक्रिय रहन निर्देशन दिदै बधाई तथा रचनात्मक र सृजनात्मक कार्याकालको शुभकामना व्यक्त गरे ।
सो क्रममा नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य प्रेम राई, समाजवादी पत्रकार संगठनका अनिलदेब रार्ई लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका छन् ।

यस अघि नगरको २ नम्बर वडा धरमपुर र ५ नम्बर वडा पाँचगाछीमा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी गठन भइसकेको र अन्य वडामा पनि क्रमिक रुपमा बिस्तार गर्ने नगर अध्यक्ष नबिन इजमले बताएका छन । पार्टी नगर कमिटीका सहसचिव खेम मैनालीले स्वागत मन्तव्य बोलेको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव शान्तिराम न्यौपानेले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हंसेदुम्से बनको निर्वाचनमा पदाधिकारी सहित अधिक पदमा काँग्रेश एमाले प्यानलको विजय
Next post नेपालमा आज १३८६ संक्रमित, ८७०४ निकाेः ११ जनाकाे मृत्यु