
१ फाल्गुन २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय नयाँ संक्रमित हुनेकाे संख्या घट्न थालेकाे छ । गत २४ घण्टामा ५ सय २१ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनामा गरिएको नमूना परीक्षणमा ५ सय २१ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ३ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १० जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ९२ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ जनामा झरेकाे छ ।
