दिगो आर्थिक विकासका लागि कृषिको विकास जोड दिनु पर्नेः मन्त्री दर्लामी

२२ फाल्गुन २०७८, झापा– प्रदेश १ का कृषि तथा पशुपंक्षी बिकास मन्त्री झलकसिह दर्लामीेले व्यावसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट मात्रै दिगो आर्थिक वृद्घि हाँसिल गर्न सकिने बताउनु भएको छ । शनिबार गौरिगञ्ज २ स्थीत कोहोबरामा रहेको गाउँ जागरण कृषि सहकारी संस्थाका सदस्यहरुलाई कृषि सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोाधन गर्दै मन्त्री दर्लामीले कृषि क्षेत्र नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र रहेकोले दिगो बिकाससंगै खाद्य सुरक्षा तथा गरिबी निवरणमा योगदान पुर्याउन प्रदेश सरकार लागी परेको बताउनु भएको छ ।
मन्त्री दर्लामीले परमपरागत खेती प्रर्णलीलाई बिस्थापीत गरि आधुनिक खेती तर्फ लाग्न पनि किसानहरुलाई आग्रह गर्नु भएको छ । कृषि ज्ञान केन्द्र झापाद्धारा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै ब्लक बिकास कार्यक्रमको लागी संस्थालाई दिएको ट्याक्टर ,रोडाभेटर तथा कृषि सामाग्रीहरु किसानहरुलाई हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र झापाको २५ लाख अनुदान र ११ लाख ९९ हजार १ सय ७५ रपैया जनसहभागिता गरी कुल ३६ लाख ९९ हजार १ सय ७५ रुपैया बराबरको कुषि सामाग्री किसानहरुलाई हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिहले बताउनुभयो ।


उहाँले यस ज्ञान केन्द्रले जिल्लाको बिभिन्न पालीकामा कृषि उपज संचालीत पकेट, ब्लक , जोन र सुपरजोन क्षेत्रहरुमा अनुदान दिदैआएको बताउनुभयो । कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले पालिका भित्र खेती योग्य जमीन प्रयाप्त भएता पनि ठुला ठुला नदि कटानको चपेटाले गर्दा सिंचाइ गर्न समस्या भएको अवस्थामा कृषि ज्ञान केन्द्रले यान्त्रिकरणमा गरेको सहयोगले टेवा पुग्ने बताउनु भयो ।


कार्यक्रममा कृषि सामाग्री पाउने किसानले खुशी व्यक्त गर्दै राज्यको सहयोगले खेती गर्न थप उत्साह मिलेको बताएका छन् । किसानले अनुदानसंगै उन्नत जातको बीउ, मल, उत्पादित सामानको सहज बजारीकरण, सिंचाइ, कृषि औजार, प्रविधि, प्राविधिक जनशक्ति, र बिचौलियाको शोषणतिर सरकारले ध्यान पुगे थप राम्रो हुने सहभागी बताएका छन् । हाल गाउँ जागरण कृषि सहकारी संस्थाले १ सय ५० हेक्ट्रर जमिनमा मकै खेती गर्दै आएको संस्थाका अध्यक्ष छत्रबहादुर कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा गाेल्डकपमा संकटा क्वार्टर फाइनलमा प्रवेश
Next post नेपालमा तेस्राे भेरियन्ट घट्दै आज ६८ जना मात्र संक्रमित