नेपालमा आज २४ संक्रमित, ५१ निको

२२  चैत्र २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २४  जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ८७ जनामा गरिएको नमूना परीक्षणमा २४  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ५१  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय १२ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाको गौरादहमा जग्गा धनीपूर्जा वितरण (फाेटाे फिचर सहित)
Next post नेपालमा आज १३ संक्रमित, ५७ निको