नेपालमा आज १३ संक्रमित, ५७ निको

२३  चैत्र २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १३  जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७ जनामा गरिएको नमूना परीक्षणमा १३  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ५७  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ६५ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २४ संक्रमित, ५१ निको
Next post सुकुम्बासीले धनीपूर्जा माग्दै घेरे दमकको वडा कार्यालय (फाेटाे फिचर सहित)