सुकुम्बासीले धनीपूर्जा माग्दै घेरे दमकको वडा कार्यालय (फाेटाे फिचर सहित)

२३ चैत्र २०७८/सारासन्देश समाचार
झापाको दमक नगर पालिका वडा नं. ८ को कार्यालयमा आज सुकुम्बासी समस्या भोग्दै आएका वडाबासीले कार्यालयमा दबाव दिएका छन् । कार्यालय भूमि आयोगले दिएको सूचनाको आधारमा आवश्यक कागजात भर्ने काम गरे पनि आयोगमा कागजात पुर्याउन चासो नदेखाएको भन्दै आफूले कार्यालयमा परामर्श गर्न आएको टोलीमा सहभागी बमरानी थाम्सुहाङ्गले बताउनु भयो ।  थाम्सुहाङ्गका अनुसार वडा अध्यक्षले सुकुम्बासी समस्या समाधानमा चासो नदिएको र जनतालाई अल्माउने तिर लागेको आरोप लगाउनु भयो ।


यता वडा नं. ८ का अध्यक्ष पशुपति गौतमले भने आफूले सुकुम्बासी समस्या समाधानका लागि दुई खाले फारम भर्ने कार्य जारी रहेको र भाकाको म्याद भित्र बुझाउनु पर्ने कार्यालयमा पठाउन नगरपालिकामा पठाइने बताउनु भयो ।
ठूलो संख्यामा भेला भएका जग्गा सम्बन्धी समस्या रहेका वडाबासीले तत्काल आफूहरुलाई धनीपूर्जा उपलव्ध गराउने व्यवस्था मिलाउन वडा कार्यालयका अध्यक्ष पशुपति गौतमसँग परामर्श लिन आफूहरु भेला भएको टोलीमा सहभागी अगुवा महिलाहरुले बताएका छन् ।


दुई दिन अघि मात्रै गौरादह नगरपालिका वडा नं. ४ भूमी आयोग झापा जिल्लाले धनीपूर्जा वितरण गर्न थाले पछि दमक क्षेत्रका जग्गा सम्बन्धी समस्या रहेकाहरुले समेत चासो दिन थालेका छन् । नगरले आयोगले जारी गरेको सूचनामा समेत सहभागितामा ढिलासुस्ती गरेकाले बर्तमान सरकारले धनीपूर्जा दिन थालेको कार्यलाई प्रतिपक्षमा रहेका स्थानीय सरकारले समेत विपक्षी दलको सरकारलाई फाइदा हुने भन्दै भूमिसम्बन्धीको समस्या समाधानमा चासो नदिएको दमक नगरका जग्गा सम्बन्धी समस्यामा परेका बासिन्दाको बुझाइ रहेको दबावका लागि वडा कार्यालय पुगेका टोलीका एक प्रतिनिधि राजन राईले बताउनु भयो ।
धनीपूर्जा वितरणमा बर्षेनी फारम मात्र भर्ने र धनीपूर्जा नदिने भन्दै आक्रोशित समेत बनेका स्थानीयले हुलदुङ्गा गर्न सक्ने संभवना बढेको भन्दै तत्काल इलाका प्रहरी कार्यालय दमकको प्रहरीले टोली सुरक्षा समेत प्रदान गरेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३ संक्रमित, ५७ निको
Next post नेपालमा आज ७ संक्रमित, २५ निको