नेपालमा आज ७ संक्रमित, २५ निको

२४  चैत्र २०७८,काठमाडौं– नेपालमा पहिलाे पटक काेराेना भाइरसकाे संख्या एक अंकमा सिमित भएकाे छ । गत २४ घण्टामा ७  जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा ७  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २५  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ४७ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुकुम्बासीले धनीपूर्जा माग्दै घेरे दमकको वडा कार्यालय (फाेटाे फिचर सहित)
Next post कोरोना कहर कम हुँदै जान थाले पछि नाका क्षेत्रका बजारमा बढ्न थाल्यो कारोवार (फाेटाे फिचर सहित)