२४ चैत्र २०७८,काठमाडौं– नेपालमा पहिलाे पटक काेराेना भाइरसकाे संख्या एक अंकमा सिमित भएकाे छ । गत २४ घण्टामा ७ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ४७ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।्र

