राष्ट्रिय बहुमुखी सहकारीकाे व्यवस्थापकमा शैक्षिक व्यक्तित्व तुम्बापाे नियुक्ती
९ साउन २०७९, झापा– झापाको दमकमा २३ बर्ष देखि संचालित राष्ट्रिय बहुमुखी सहकारीले एक कार्यक्रमका विच ब्यवस्थापक नियुक्ती गरेको छ । सहकारीको भवनमा आज आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष धनराज राईले नवनियुक्त ब्यवस्थापक लिलाराज तुम्वाफोलाई स्वागत तथा सम्मान गर्दै असल र इमान्दार कर्मचारीले मात्रै संस्थाको भविश्य उज्वल बनाउन सक्ने भएकाले इमान्दारिताका साथ कार्य गर्न निर्दैशन दिनु भएकाे छ । संस्थाका सचिव कृष्ण गोलेले विगतमा आफूले संहाल्दै आएको पद र जिम्मेवारी अब हस्तान्तरण गरेको र सफल कार्यकालको अपेक्षा गरेको बताउनु भयाे । उहाँले नवनियुक्त ब्यवस्थापक तुम्वाफोलाई खादासहित खाता र कलम हस्तान्तरण समेत गरेका गर्नु भएकाे छ ।
संस्थाका सञ्चालक सदस्य दिपेनवाला राईले स्वागत मन्तब्य राख्दै एकल प्रयासबाट संस्था चल्न नसक्ने भएकाले सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्न सकेको खण्डमा मात्रै संस्थाको प्रगती हुने बताउनु भयाे ।
नवनियुक्त ब्यवस्थापक तुम्वाफोले संस्थाको गरिमा उच्च रहने गरि अफुले काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भयाे । शैक्षिक क्षेत्रमा समेत लामाे अनुभव लिइसक्नु भएकाे तुम्बापाेले अागामी दिनमा संस्थाकाे थप उचाइ बढाउने प्रयास गरिने छ । उहाँका अनुसार इमान्दारिता मात्रैले संस्था चल्ने नभई इमान्दारितासँगै कार्यकुसलता र एकताको भावनामा सबै कर्मचारी र सञ्चालकमा हुनुपर्ने बताउनु भयाे । कार्यक्रममा ऋण तथा कर्जाप्रमुख पारसमणी राई, साहित्यकार वाङ्देल चेली, संस्थाका पदाधिकारी तथा कर्मचारी लगायतको उपश्थिति रहेको छ ।