राजनेता प्रदिप गिरीकाे अन्त्येष्टिः उच्च नेतृत्वबाट श्रद्धाञ्जली अर्पण(फाेटाे फिचर)

५ भदाै २०७९,काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदिप गिरीको आज अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा नेता गिरीको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु समेत आर्यघाट पुग्नुभएको थियो ।

स्वर्गीय नेता गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपतिस्थित आर्यघाटमा सर्वसाधरणको ठूलो उपस्थिति थियो। क्यान्सरबाट पीडित नेता गिरीको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उहाँकाे निधनले देशले एउटा सच्चा बाैदिक राजनैतिक नेतृत्व  गुमाएकाे प्रधानमन्त्री शेरवहादुर देउवाले बताउनु भएकाे छ । यस्तै राष्ट्रपति विधादेवी भण्डारीले समेत गिरी प्रति शाेक व्यक्तव्य जारी गर्नु भएकाे छ । उहाँले नेता गिरीकाे मृत्युले राष्ट्रले ठूलाे क्षति व्यहाेर्नु परेकाे बताउनु भयाे ।

यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उहाँप्रति श्रद्धाञ्जली अपर्ण गर्नुभएको हो । श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्याउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।” यसैगरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अाेली, पूर्वप्रधानमन्त्री तथा नेकपा समाजबादीका अध्यक्ष माधवकुमार नेपाल तथा अन्य केन्द्रिय नेतृत्वले समेत पशुपती अार्यघाट पुगेर समवेदना प्रकट गर्दै राष्ट्रले ठूलाे क्षति व्यहाेर्नु परेकाे बताएका छन् ।

यसैगरी राजनीतिज्ञ तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधनमा भारतका नेताहरूले शोक व्यक्त गरेका छन् । बिहारका मुख्यमन्त्री नीतिश कुमार, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी, भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता मोहन प्रकाश, बहुजन समाज पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले गिरिको निधनप्रति शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २८६ जना संक्रमित
Next post अनलाइनमा अवैध धन्दा र किर्ते काराेवार गर्ने दमकबाट ४ जना कन्सल्टेन्सी संचालक पक्राऊ