प्राङगरिक मल कारखाना संचालनमा ल्याइनेः शिवसताक्षीमा मात्र १ करोडको बजेट

१७ असोज२०७९/डिकेश लामा

बजारमा बर्षेनी रासायनिक मलको अभाव हुन थाले पछि सरकारले नै प्राङगरिक मल उत्पादनमा चासो देखाएको छ । यस बर्ष संघ र प्रदेश सरकारको बजेटमा कारखाना मार्फत बृहतरुपमा मल उत्पादन गर्ने कार्यक्रम थालेको छ ।

खेतीका लागि अति आवश्यक रासायनिक मलको विकल्पमा तीनै तहको सरकारले जैविक मल उत्पादनमा जोड दिएको छ । किसानको मागको आधारमा उपलव्ध गराउन समस्या भोग्दै आउनु परेको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक बर्षमा प्रदेश नम्बर एकमा ३ करोड बजेट विनियोजन गरेको प्रदेश नम्बर एकका कृषि मन्त्री झलकबहादुर मगरले बताउनु भयो । मन्त्री मगरका अनुसार शिवसताक्षी नगरपालिकामा मल कारखाना संचालनका लागि एक करोड विनियोजन गरिएको बताउनु भएको छ ।


यस अघि जैविक मल बनाउँन प्रति केजी ५ रुपयाँ प्रोत्साहन अनुदान उपलव्ध गराउँदै आएकोमा यस बर्ष १० रुपयाँ उपलव्ध गराइने छ । यसले गर्दा स्थानीय स्तरमा पनि किसानहरुले जोड दिएर प्राङगरिक मल उत्पादन गर्ने बताएका छन् । यस अघि झापाको कमल क्षेत्रको किसानले प्रति केजी १६ देखि २० रुपयाँमा विक्री गर्दै आएका छन् ।

पूर्वी नेपालमा जैविक मलको उत्पादनमा लागेका किसानहरुले समेत सरकारले जैविक मलमा ठूलो बजेट ल्याए मल उत्पादनमा थप टेवा पुग्ने बताएका छन् । ३ बर्ष देखि ठूलो परिमाणमा जैविक मल उत्पादन गर्दै आएका कमलका किसानहरु अझै बृहतरुपमा उत्पादन तर्फ उन्मुख हुने प्राङगरिक मल उत्पादन गर्दै आएको आइपीएम कृषी सहकारी संस्थाका अध्यक्ष याम राईले बताउनु भयो । झापा जिल्लामा पछिल्लो समय रासायनिक मलको विकल्पमा किसानहरुले जैविक मलको प्रयोगलाई जोड दिन थालेका छन् । चालु आर्थिक बर्षमा प्रदेश नम्बर एकमा ठूलो परिमाणमा मल उत्पादन गर्न कारखाना संचालनको तयारी थालेकाले प्राङगरिकउन्मुख खेतीमा लागेका किसानहरुलाई सहज हुने उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारले गर्न पाउने खर्च विवरण सार्वजनिक (सूची सहित)
Next post मदन भण्डारी सडकले विपन्न परिवारको उठिबासः मुआव्जाको व्यवस्था नहुँदा समस्या भएकाे गुनासाे