मदन भण्डारी सडकले विपन्न परिवारको उठिबासः मुआव्जाको व्यवस्था नहुँदा समस्या भएकाे गुनासाे

१८ अशोज २०७९/डिकेश लामा

नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग छेउछाउका कतिपय विपन्न परिवारहरुको उठिबास भएको छ । योजनाले मुआव्जा नदिएकाले विपन्न परिवारको बासमा समस्या भएको पीडित परिवारले गुनासो गरेका छन् ।

पूर्वी नेपालमा पछिल्लो समय राष्ट्रिय गौरवको योजना मदन भण्डारी मार्गको ६३ किलो मिटर सडक निर्माणको काम धमाधम भइरहेको छ । चुरे पहाडको फेदिबाट निर्माण थालिएको सडक विस्तारले विपन्न परिवारलाई समस्या भएको लेटाङ नगरपालिका वडा नं. ७ विरबहादुर माखिमले बताउनु भयो । माखिमका अनुसार घर अगाडि नै ठूलो राजमार्ग आए पनि विपन्न परिवारको थोरै जमिन र घर काटिन्दा धेरैको रुवाबासी भएको बताउनु भयो ।
यस्तै घर भत्काएर जंगल क्षेत्रमा टहरामा बस्न बाध्य भएकी इन्द्रमाया सम्बाहाम्फेका अनुसार बाटो आउँदा खुशी भए पनि भएको घर बाटोले भत्काएर उठिबास भए पछि भने धेरै दुःख लागेको बताउनु भयो ।

प्रदेश नम्बर एकमा ३ वटा प्याकेजको काम धमाधम भइरहेको छ । तर सडकमा पर्ने घर तथा टहरा व्यवस्थापनमा ढिलाई हुँदा निर्माणमा समेत समस्या भएको निर्माण कम्पनि मोतिदानका इन्जिनियर प्रल्हाद ढुङ्गानाले बताउनु भयो । ढुङगानाका अनुसार हाल निर्माण हुँदै आएके सडक क्षेत्रमा कम्तिमा ढेड सय घर धुरीको घर हटाउने पर्ने अवस्था रहेको बताउनु भयो । सडक क्षेत्रमा परेका घर मध्ये केही नहुनेहरुको विवरण संकलन गरी आयोजनाले संघीय सरकारलाई जानकारी दिएको छ । त्यस्ता परिवारलाई आयोजना लगायत स्थानीय सरकारले समेत सहयोग गर्नु पर्ने अवस्था रहेको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनु भयो । प्रमुख लावातीका अनुसार केही घर परिवारको घर सार्ने अवस्था नै नभएकाले त्यस्तो परिवारको पहिचान गरी सहयोग गर्नु पर्ने बताउनु भयो ।

गएको बर्ष देखि मोतिदान कन्ट्रक्सन सेवा कम्पनीले २ अर्व ३७ करोड रुपयाँको ठेक्कामा ३ वटा प्याकेजको ६३ किलो मिटर सडक निर्माण गर्दै आएको छ । सो सडक क्षेत्रमा पर्ने एक सय भन्दा बढी घर परिवारले उचित व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्राङगरिक मल कारखाना संचालनमा ल्याइनेः शिवसताक्षीमा मात्र १ करोडको बजेट
Next post ओली लगाउनु भयो बुवाको हातको टिकाः बुवाले भन्नु भयाे निराेगी हुनु