प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारले गर्न पाउने खर्च विवरण सार्वजनिक (सूची सहित)

१६ अशाेज २०७९,काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी  दिनु भएकाे छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको हकमा ५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ । १७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ भने ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवार वा दलले चुनावी खर्चस्वरुप २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

यसै गरी प्रदेशसभाका उम्मेदवारहरूको निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा निर्धारण गरिएको छ ।  निर्वाचन आयोगका अनुसार निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी निर्वाचन खर्चको अधिकतम सीमा तोकेको हो । प्रतिनिधिसभातर्फका उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकतम हद तोकेको आयोगले प्रदेशसभाका निर्वाचन क्षेत्रका लागि १५ लाखदेखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरेको हो । यो निर्वाचन खर्च प्रत्यक्षतर्फको लागि मात्रै हुनेछ ।

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । प्रदेशसभाका ७० वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १५ लाख रुपैयाँ कायम गरिएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । त्यस्तै, १४३ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १७ लाख रुपैयाँ कायम गरिएको छ भने ५६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १९ लाख रुपैयाँ कायम गरिएको छ ।

प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेदवार बन्ने २९ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा निर्वाचन खर्च २१ लाख रुपैयाँ कायम गरिएको छ भने प्रदेशसभातर्फ सबैभन्दा बढी २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र ३२ वटा छन् ।

त्यस्तो निर्वाचन खर्च रकम प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउने आयोगले जनाएको छ ।

निर्वाचन अायाेगले सार्वजनिक गरेकाे विवरण हेर्नका लागि तलकाे लिंक थिच्नु हाेस् ।

प्रतिनिधि सभा – अनुसूची final

प्रदेश सभा – अनुसूची final (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कृषि योग्य जमिनमा प्लटिङले समस्याः भूउपयाेग नीति कार्यन्वयन नगरे थप जटिल हुने
Next post प्राङगरिक मल कारखाना संचालनमा ल्याइनेः शिवसताक्षीमा मात्र १ करोडको बजेट