२४ असोज २०७९, झापा–तासमा विवाद आएर निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई प्रकाऊ गरी आज सार्वजनिक गरेको छ । यस बर्षको टिकाको अघिल्लो दिन तास खेल्नेक्रममा विवाद हुँदा चक्कु तथा मसला पिस्ने लोहोरोले टाउकोमा प्रहारी गरी ताप्लेजुङ घर भई हाल विर्तामोडको बसपार्कमा बस्दै आएका २५ बर्षीय नविन्द्र गुरुङको हत्या गरिएको आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएका छन् ।
हत्यामा संलग्न भएको आरोपमा अर्जनधारा स्थित इलाम ताप्लेजुङ होटलका संचालक इन्द्रबहादुर अधिकारी, सोही होटलका स्टाफहरु अमृत आचार्य, विमला राईलाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । हत्या घटनामा संलग्न १ जना भने फरार रहेको बताइएको छ ।
