करौडौंको लगानीमा झापामा संचालित कन्काइ सिंचाइ जोखिममा

४ चैत्र २०७९/पर्वत तामाङ

११ हजार किसानमा सिंचाई सुविधा दिँदै आएको झापाको पुरानो र ठूलो कन्काई सिंचाईको मुख्य बाँध जोखिममा परेको छ । बर्षेनी लार्पावाहीरुपमा उत्खनन्ले नदि गहिरिदै गए पछि सिंचाई योजना जोखिममा परेको हो । कन्काई सिंचाइको मुख्य बाँध नै जोखिममा परे पछि यो बर्ष साढे ३ करोड बजेटमा मर्मत थालिएको छ । तर अझै पनि लार्पावाही उत्खनन् नरोकिने हो भने बाँध बग्न सक्ने जोखिम उस्तै रहेको सिंचाइका इन्जिनियर मुकेश गामीले बताउनु भयो । गामीका अनुसार २ बर्ष अघि गरिएको अध्ययनमा साढे ४ फिट भाग गहिरो भइसकेको छ । बाँध जोगाउन लगाइएको फलाम तथा सिमेन्टका व्लक समेत बगाइएको कारण बाँध जोखिममा परेको छ ।

आठ हजार हेक्टरमा सिंचाई गर्दै आएको कन्काइ सिंचाइको बाँधको भागमा नदिको सतह ४ मिटर गहिरी सकेको छ । बाँधको जमिन मुनिको भाग समेत बगाएकाले मर्मतका लागि तयारी गरेको लागतले समेत नभ्याउने अवस्था सृजना भएको सिंचाई कार्यालयका प्रमुख उमेशकुमार सुजकुले बताउनु भयो । सुजकूका अनुसार यस अघि गरिएको लागत इष्टमेट अनुसार लगाएको ठेक्का जमिन मुनी धेरै क्षति भएका कारण सवै भाग मर्मत गर्न समस्या भएको कारण मन्त्रालयमा जानकारी गरी बजेट थप गरेर भए पनि यस बर्ष बाँध मर्मत नगरे सिंचाइ उच्च जोखिममा पर्ने बताउनु भयो ।

झापा जिल्लामा लापार्वाही उत्खनन्ले नदि तथा खोलाको सतह भासिँदा आसपास क्षेत्रका बस्तीमा समेत असर पर्न थालेको छ । पानीको मुहान सुक्ने तथा कृषि क्षेत्रमा समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । तथापि खोला तथा नदि ठेक्का लगाउने स्थानीय तहले अनुगमन नगर्दा चरम दोहन हुने गरेको बताएका छन् । नदि तथा खोला दोहन गहिरो भए पछि आसपासका रुख विरुवा समेत मर्न थालेका छन् ।

जिल्लाका दर्जन बढी नदि तथा खोलामा ठेक्का सम्झौता विपरित मेशिन लगाएर अझै पनि गहिरो उत्खनन् हुने कार्य रोकिएको छैन । यसले गर्दा बर्षेनी करोडौंको लगानीमा संचालित सिंचाइ तथा खानेपानी योजना प्रयोगविहीन बन्दै गएको स्थानीय अगुवाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी
Next post साढे ५ लाखको अवैध स्पोर्टस मोजा बरामद