भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग भिड्ने

असार १७, २०८०/बिरेन्द्र सुब्बा

घरेलु टोली भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। शनिवार राती भएको दोस्रो सेमिफाइनल खेलमा बेंग्लोरमा  लेवनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो।

निर्धारित र अतिरिक्त समय गोलरहित बराबरिमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो। भारतले उपाधिका लागी कुवेतसंग खेल्नेछ। कुवतेले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेके छ।

लेवननका लागि कप्तान हसन मटुक र खलिल मेहदी गोल गर्न चुके। पेनाल्टी सुटआउटमा पहिलो प्रहार गर्न आएका कप्तान हसनको प्रहारलाई भारतीय गोलकिपर गुरप्रित सिंहले रोकेका थिए। खलिलको प्रहार भने आकासिएको थियो।

भारतका लागि कप्तान सुनील क्षत्री, अनबर अली, महेश सिंह र उदान्त सिंहले गोल गरे । लेबनानका वालिद सोर र मोहम्मद साडेकको प्रहार मात्र गोलमा परिणत भयो । भारतले पछिल्लो महिना इन्टरकन्टिनेन्टल कपको फाइनलमा पनि लेबनानलाई हराएको थियो ।

आठ पटकको च्याम्पियन भारत साफको फाइनलमा १३औं पटक प्रवेश गरेको हो। भारत सन् २००३ को बाहेक सबै साफको फाइनलमा पुगेको छ।

यसअघि आमन्त्रित टिम कुवतेले बंगलादेशलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो। अब उपाधि भिडन्त मंगलबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बहु प्रतिक्षित हुलाकी सडकको विरीङ पुल १२ बर्षमा संचालन
Next post झापामा यस बर्ष नयाँ प्रविधिको मेशिनबाटै धमाधम धान रोपाईं हुँदै (फाेटाे फिचर)