मन्त्रिपरिषद् पुनर्गठनः ३ मन्त्री नयाँ नियुक्ती

जिम्मेवारी समेत हेरफेर

२८ असाेज २०७७ काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । तीन जना मन्त्री नयाँ नियुक्त गरिएको छ । यस्तै दुई मन्त्रीको जिम्मेवारी परिवर्तन गरिएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी परिवर्तन गरिएको छ । पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सुम्पिएकाे छ भने रक्षा मन्त्रालय  प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहने निणर्य गरिएकाे छ ।

विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारिएको छ ।

राष्ट्रिय सभाको दुई वर्षे पदावधिका कारण डा. युवराज खतिवडाको राजीनामापछि अर्थ मन्त्रालय रिक्त बनेकाे थियाे । तत्कालिन मन्त्री गोकुलप्रसाद बास्कोटा र सहरी विकास मन्त्री मो. इस्तियाक राईको राजीनामा पछि मन्त्रालयमा कार्यवाहक जिम्मेवारी दिइएको थियो । याे सँगै २५ सदस्यीय मन्त्रीपरिषद गठन भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निकुञ्जमा हात्तीकाे मृत्यु
Next post हत्या गरिएको अवस्थामा सुरुङ्गामा एक युवाको लाश