हत्या गरिएको अवस्थामा सुरुङ्गामा एक युवाको लाश
आशंकामा ३ जना पक्राउ
२८ असोज २०७७/झापा–झापाको कन्काई नगरपालिका वडा नं. ३ का एक युवाको लाश फेला परेको छ । शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकोले युवाको हत्या गरिएको स्थानीयले आशंका गरेका छन् । स्थानीय एकान्त टोल निवासी २२ बर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको हुन प्रहरीले आशंका गरेका छन् ।
सुरङ्गा खोलाको किनारको बाँसघारीमा अनुहार र टाउकोमा चोट सहितको लाश घाँस काट्नेले देखेर प्रहरीलाई खवर गरिएको स्थानीयले बताएका छन् । लाशको पोष्ट मार्टमका लागि धरान स्थित बीपी मेरोरियल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । हत्याको आशंकामा ३ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयाे।
More Stories
उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील
कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२,...
प्रेस सेन्टर नेपाल झापाकाे अध्यक्षमा खड्का सहित ११ सदस्यीय समिति चयन
१३ पाैष २०८१, झापा– प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
शिवसताक्षीमा चासोक तङ्नाम समापन (फाेटा/भिडियाे स्टाेरी)
१३ पुस २०८१/झापा शिवसताक्षीका किराती समूदायले आज एक भव्य कार्याक्रमबीच उधौली वर्प अर्थात चासोक तङ्नाम समापन गरेका छन् । शिवसताक्षी...
रेलमार्गले रोक्का गरेको जग्गाको मुआव्जा नपाउँदा समस्याः आत्माहत्यासम्मका घटना हुन थाल्याे
१२ पुस २०८१/डिकेश लामा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको ८ सय विगाह बढी जग्गाको मुआव्जा नपाउँदा झण्डै ५ हजार...
विषादीका कारण बाँझोपनको समस्याः महारानीझोडाका महिलाहरु समस्या न्युनिकरणमा जुट्दै
१० पुस २०८१/झापा माटोमा अन्धाधुन्ध रासायनिक मल र विषादीको प्रयोगले पशु तथा मानिसमा समेत बाँझोपनको समस्या बढ्दै गएको विज्ञहरुले बताएका...
दोस्रो आत्मानन्द गोल्डकप २०२४ बेलडाँगीमा सम्पन्न (भिडियाे सामाग्री सहित)
नयाँ अभ्यास चामाल पनि पुरस्कार ७ पुस २०८१/झापा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा दोस्रो आत्मानन्द गोल्डकप २०२४ शनिवार सम्पन्न भएको...