२८ माघ २०७७,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ सय १८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६८ हजार ५ सय ४९ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै आज थप १ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ३ सय ६७ जनाको गरिएको पीसीआर परीक्षणमा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेन । अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *