झाँक्रीकाे पक्राउकाे बिराेधमा उच्च नेतृत्वबाट घाेर भर्त्सना

२९ माघ २०७७, काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताउनु भएकाे छ। बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको र ‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजो देखि नै पक्राउ गर्न बल गरेको बताउनु भयाे । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।’ दाहालले बताउनु भयाे ।

यो सरकारको काल आएकै हो ?

यसैगरी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाउनु भएकाे छ । राज्यविरुद्धको कसुर आरोपमा बिहीबार झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्विटरमार्फत सरकारको विरोध गर्नु भएकाे हाे । संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईको आरोप छ । भट्टराईले लेख्नु भएकाे छ, ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ?

यो सरकारको काल आएकै हो ? भनी ट्वीट गर्नु भएकाे छ ।

सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पार्याेः पाैडेल

यस्तै यता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन् ।राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपाको दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा उपसभापति पौडेलले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप भएको बताउनु भयाे ।

सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु बिनासर्त रिहा गरियोस् !,’ भनी सामाजिक संजालमा लेख्नु भएकाे छ ।

झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन्ः ओलीलाइ कानुन लाग्छ कि लाग्दैन?

यसैगरी विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् । मिश्रले रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने बताएका छन् । झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने उल्लेख गर्दै उनलाई कानुन लाग्छ कि लाग्दैन भनेरसमेत मिश्रले प्रश्‍न गरेका छन् । मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्‍याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ। रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन्। उनलाई कानुन लाग्छ कि लाग्दैन?’प्रहरीले पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेको छ ।

झाँक्रीलाई पक्राउ गरिनु लोकतन्त्रविरुद्ध सर्मनाक घटना : वरिष्ठ नेता खनाल

पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । प्रहरीले बिहीबार दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि नेता खनालले झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका हुन् । झाँक्रीलाई पक्राउ गर्नु लोकतन्त्रविरुद्ध अर्को सर्मनाक घटना भएको खनालले बताउनु भयाे ।

‘राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेत्री झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । नेकपा दाहाल-नेपालकी केन्द्रीय सदस्य झाँक्रीलाई पक्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन् भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

झाँक्रीको रिहाइ माग गर्दै नेकपाको व्यापक प्रदर्शन

यस्तै अपरान्ह झाँक्रीलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।

माइतीघरबाट बानेश्वर पुगेका नेकपा निकट युवा विद्यार्थीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । निषेधित क्षेत्रमा लगाइएको काँडे तारबार भत्काउन खोजेपछी अहिले सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भइरहेको छ ।

आक्रोशित प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने त्यस क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले बिहीबार मध्यान्ह झाँक्रीलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो । उनलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाइएको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमाआज ११८ निकाे १३४ संक्रमित
Next post रिहा गरियाे झाँक्रीलाईः राष्ट्रपतिको आलोचनामा कुनै पश्‍चात्ताप छैन