काेशी प्रदेशमा तेस्राे पटक कार्की मुख्य मन्त्री नियुक्त

२७ वैशाख २०८१, विराटनगर– नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भइ सपथ ग्रहण गर्नु भएकाे छ ।

गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा उनी पहिलो पटक मुख्यमन्त्री बन्नु भएकाे थियाे । तर केन्द्रमा नेपाली कांग्रेससँग समीकरण बनेपछि माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा उहाँ सत्ताबाट बाहिरिनु परेकाे थियाे ।

केन्द्रमा समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर ७ वैशाखमा विश्वासको मत परीक्षणका लागि संसदबाट संकल्प प्रस्ताव पारित गर्याे ।

तर निर्तमान मुख्य मन्त्री केदार कार्कीले विश्वासको मत लिनु भएन र राजीनामा पनि दिनु भएन । अन्ततः३० दिन समय कटेपछि बुधबार राति नयाँ सरकार गठन आह्वान भयो । प्रदेश प्रमुखले दुई दिनको समय दिएपनि हिक्मतले बिहीबार बिहान मुख्यमन्त्रीमा दाबी पेश गर्नु भयाे । लगत्तै प्रदेश प्रमुखले समर्थकको समर्थनपछि मुख्यमन्त्री नियुक्त गरे पछि बिहीबार सपथ ग्रहण समेत भएकाे छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशस्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरूले समेत नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुख खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाकाे पत्रकारिता आरम्भ देखि २०४० माथि विमर्श र सम्मान (फाेटाे फिचर)
Next post ९८ लाख रुपैयाँसहित २ जना पक्राउ