झापाकाे पत्रकारिता आरम्भ देखि २०४० माथि विमर्श र सम्मान (फाेटाे फिचर)
२७ वैशाख २०८१, झापा– पत्रकारिता कलाकारिता भएकाले धेरै सचेत भएर कला भर्ने काम गर्नु पर्ने झापा जिल्ला अदालतका मुख्य न्यायधिस अशाेक कुमार बस्नेतले बतानउनु भएकाे छ । याे संवेदनशी पेशा भएकाले पनि गहन अध्ययनसँगै पत्रकारिता गर्दा समाजमा सकरात्मक प्रभाव हुने उहाँले बताउनु भयाे ।
नेपाल पत्रकार महासंघ झापाले प्रकाशन गरेकाे ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकको आज परिचर्चा कार्यक्रममा बाेल्दै न्यायधिस बस्नेतले विश्वमा चाैथाे अंगकाे रूपमा मानिएकाे पत्रकारिता पेशाले राज्यलाइ समेत सचेत गर्ने काम भइरहकाले पत्रकारहरूले समेत दक्षता राख्नु पर्ने उहाँले बताउनु भयाे ।
नेपाल पत्रकार महासंघ झापा शाखाले राजधानीमा लोकापर्ण गरेको उक्त, पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील अग्रज पत्रकारहरुको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ जना पत्रकारहरुको अन्तरवोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएकाे पुस्तकका सम्पादक गाेपाल गिरीले बताउनु भयाे ।
गोपाल गिरी र राजवावु शंकरले सम्पादन गरेको पुस्तकको परिचर्चा कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चुणामणि रेग्मी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्ब सचिव सन्तोष आचार्यले झापा शाखाको यो कार्यकाल निक्कै उपलब्धिमुलक र प्रभावकारी भएको वताउनु भयाे ।
पत्रकार महासंघ झापाले ६५ वर्ष उमेर पूरा भएका अग्रज पत्रकारलाई यसैबर्षदेखि औषधि उपचार खर्च सहित दीर्घसेवी सम्मान प्रदान गर्न थालेको छ । जस अन्तर्गत बिहीबार भएकाे कार्यक्रममा चुणामणि रेग्मी, लेखनाथ भट्टराई र कृष्ण दहाललाइ नगद १५ र २० हजारले सम्मान गरिएकाे छ । यस्तै झापाका अग्रज पत्रकार नकुल काजीलाई उहाँकाे निवासमै पुगेर सम्मान पत्र र नगद २० हजार रूपयाँकाे चेक हस्तान्तरण गरिएकाे छ । हस्तान्तरणमा महासंघका सचिव डिकेश लामा, कार्य समिति सदस्य दाेर्ण अधिकारी, सन्ताेष शर्मा र पत्रकार दिपक अधिकारीकाे सहभागिता रहेकाे छ । यस अघि शाखाको १४ औं अधिवेशनमा अन्य अग्रज पत्रकारहरुलाई यो सम्मान प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले सञ्चालन गर्नु भएको थियो ।