बर्तमान सरकार भ्रष्टचारीको संरक्षणमा लागेको प्रचण्डकाे भनाइः गिरीबन्धुकाे पर्धाफाँस गरेरै छाड्ने (भिडियाे)

१५ पुस २०८१/झापा
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकारले भ्रष्टचारीको पक्षमा काम गरेको आरोप लगाउनु भएको छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रको गौरीगंजमा आज भएको भ्रष्टचार र वेथिति विरुद्धको खवरदारी सभामा बोल्दै सरकारमा आफू रहँदा भ्रष्टचारी माथि कार्वाही शुरु गरे पछि रातारात सरकार ढालिएको बताउनु भयो । उहाँले विश्वमा कहीँ नभएको अभ्यास गरेर ठूला दल मिली भ्रष्टचारीलाई बचाउ गर्नकै लागि बर्तमान सरकार बनेको आरोप लगाउनु भएको छ ।
उहाँले खवरदारी सभामा बोल्दै गिरीबन्धु चिया बगान, ओम्नी र वाइड बडी जस्ता भ्रष्टचारका मुख्य काण्ड खोलेरै छाड्ने उदघोष गर्नु भएको छ । यसका लागि जनतालाई सहयोगको अपील समेत गर्नु भएको छ ।
दाहालले अव सवै जनता मिलेर भ्रष्टचारको अन्त्य गर्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति चुन्न पाउने व्यवस्थाका लागि संविधान संशोधन जनताले साथ दिनु पर्ने समेत बताउनु भयो ।

DCIM100MEDIADJI_0465.JPG

गौरीगंज गाउँपालिकाको पार्टीको दोस्रो अधिवेशन समेत रहेको कार्याक्रममा अध्यक्ष दाहालले नव प्रवेशी ६ सय ८९ जनालाई टिका र माला लगाएर पार्टीमा स्वागत समेत गर्नु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका क्षेत्रीय सदस्य कमलेशकुमार राजवंशीले भ्रष्टाचार विरुद्धको आन्दोलन र सुशासनका निमित्त माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिन पार्टी प्रवेश गरेको बताउनु भयाे । जनमत पार्टीका केन्द्रिय सदस्य महेन्द्रकुमार राउत समेत माओवादी केन्द्रमा प्रवेश गर्नु भएकाे छ ।


आजै झापा आउनु भएका निवर्तमान प्रधानमन्त्री समेत रहनु भएका दाहालले निर्माण थालेको ढेड दशकसम्म बन्न नसकेको कन्काई नदिको पुल समेत निरीक्षण गर्नु भएको छ । कनकाई र रतुवा पुलको बिषय संसदमा उठाउने लामो समयदेखि ठेक्का लागेरपनि निर्माण हुन नसकेको कनकाई र रतुवा पुलको बिषयमा आफुले चासो राखेको बताउँदै अध्यक्ष प्रचण्डले सो बिषयमा संसदमा आफुले कुरा उठाउने बताउनु भयाे । उहाँ आजै काठमाण्डौं फर्कनु भएकाे नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य ‘अग्नी’ले बताउनु भयो ।

See video story

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रेस सेन्टर नेपाल झापाकाे अध्यक्षमा खड्का सहित ११ सदस्यीय समिति चयन
Next post अण्डाको प्रयोग बढाउन कार्यक्रम शुरु