विषादीका कारण बाँझोपनको समस्याः महारानीझोडाका महिलाहरु समस्या न्युनिकरणमा जुट्दै

१० पुस २०८१/झापा
माटोमा अन्धाधुन्ध रासायनिक मल र विषादीको प्रयोगले पशु तथा मानिसमा समेत बाँझोपनको समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको गौरादहमा आज भएको पशुधन सुरक्षण तथा दुग्ध संकलन कार्याक्रमको बार्षिक साधारणसभाका बक्ताहरुले माटोमा भएको विषादी प्राणी जगतका लागि हानिकारक हुने प्रमुख कारक तत्व रहेको बताएका छन् ।


कार्याक्रममा नेपाल सरकारले देश व्यापी माटो सुधारका लागि खटाइएको माटो विज्ञ विष्णु गुरागाँईले बाँझोपन र अनेकन प्राणघातक रोगको मुख्य कारण माटो र विरुवामा प्रयोग भएको विषादी भएकाले यसको न्यूनिकरणमा किसानलाई जुट्न आग्रह गर्नु भयो ।

कार्याक्रमका प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारीले मानव तथा पशुको स्वास्थ्य सुधारका लागि पहिलो प्राथमिकता पृथ्वीलाई बचाउने काम गर्नु पर्ने बताउनु भयो । उहाँले महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका २ हजार २ सय महिलाले थालेको विभिन्न उद्योग, विऊ उत्पादन तथा प्रशोधन, दुग्ध उत्पादन लगायतको काम देशमै नमूना रहेको बताउनु भयो । उहाँले यो कार्यले गरिबी निवारणमा समेत ठूलो टेवा पुगेको बताउनु भयो ।


संस्थाका मुख्य प्रबन्धक चिरञ्जीवि भण्डारीले संचालन गरेको कार्याक्रममा सवै भन्दा धेरै र गुणस्तर दुध उत्पादन गर्ने ३ जनालाई पुरस्कृत समेत गरिएको छ । महारानीझोडाका किसानले अहिले दैनिक २ हजार ६ सय लिटर दुध उत्पादन गर्दै आएका छन् । दुग्ध संकलन केन्द्रकी अध्यक्ष नवनिता सुब्बाको अध्यक्षतामा भएको कार्याक्रममा पशु डाक्टर, प्राविधिक र विज्ञ सहितको उपस्थितिमा गरिएको साधारणसभामा दुध उत्पादनमा लागेका १ हजार बढी किसानको सहभागिता रहेको थियो ।
कार्याक्रममा कृषि तथा पशुपालनको विकासमा सचेतना जागृति गर्ने कविता र गीत समेत प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनलाइनबाट स्वदेशी सतासी महको व्यवसाय बढ्दै