दोस्रो आत्मानन्द गोल्डकप २०२४ बेलडाँगीमा सम्पन्न (भिडियाे सामाग्री सहित)
नयाँ अभ्यास चामाल पनि पुरस्कार
७ पुस २०८१/झापा
झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा दोस्रो आत्मानन्द गोल्डकप २०२४ शनिवार सम्पन्न भएको छ ।
किरात धर्मका गुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको अवसरमा शरणार्थी बस्ती अन्तर सेक्टर फुटवल प्रतियोगिता सम्पन्न भएको हो । खेलमा केटी तर्फ सेक्टर पथरी शनिश्चरेलाई शून्यको विरुद्ध गर्दै ३ गोल गरी वेलडाँगी सेक्टर बीले विजय प्राप्त गरेको छ । खेलमा लगातार ३ गोल गर्ने खेलाडी वेलडाँगीकी लोरेक्स राईले पहिलो र धेरै गोल कर्ताको रुपमा ओविसीएका पूर्व अध्यक्ष दिलीप दाहालबाट नगद १० हजार प्राप्त गर्नु भएको छ ।
यस्तै केटा तर्फको खेलमा बेलडाँगी सेक्टर डी लाई शून्यको विरुद्ध १ गोल गर्दै सेक्टर सी विजयी बनेको छ । खेलको २१ औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी प्रकाश राईले गोल गर्नु भएको थियो । खेलमा विजेता र उपविजेतालाई हरेक खेलाडीलाई एक एक बोरा चामाल सहित ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार रु १५ र १० हजार रुपयाँ कार्याक्रमका प्रमुख अतिथि अमेरिकाबाट आउनु भएको अमेरिकी किरात समूदाय संस्थाका प्रमुख सल्लाहकार डीजे खालिङ राईले प्रदान गर्नु भएको छ ।
खेलमा उत्कृष्ट र धेरै गोल गर्नेलाई ओविसिएका संस्थापक अध्यक्ष तथा समाजसेवी दिलिप दाहालले नगद ५ हजार सहित ट्रफी प्रदान गर्नु भएको छ ।
समापन कार्याक्रमको अवसरमा गोल्डकपको मुख्य प्रायोजक अमेरिकामा किरात धर्म विकासमा कार्य गर्दै आउनु भएका संस्थाका प्रमुख सल्लाहकारलाई आयोजक बेलडाँगी बस्ती व्यवस्थापन समितिकी सहसचिव आशा राईले दोसल्ला र सम्मानपत्रले सम्मान समेत गर्नु भएको छ । अमेरिकी किरात समूदाय संस्थाका अध्यक्ष राजु इदिङ्गो, पथरी शनिश्चरे शिविरका पूर्व सचिव चम्पासिंह राई, स्थानीय अगुवा, संचारकर्मी, सुरक्षाकर्मी सहितको उपस्थितिमा भएको खेल गत पुस १ गते देखि ६ गतेसम्म भएको थियो ।
८ वटा टीमहरुबीच भएको दोस्रो आत्मानन्द गोल्डकप बेलडाँगी बस्ती व्यवस्थापन समितिको आयोजना र किरात सोसाइटी अर्गानाइजेशन अफ अमेरिकाको प्रायोजनमा भएको हो । यो कपलाई अर्को बर्ष पनि यसरीनै निरन्तरता दिइने कार्याक्रमका प्रमुख अतिथि समेत रहनु भएका संस्थाका प्रमुख सल्लाहकार खालिङले बताउनु भयो । खेल हेर्न शरणार्थी र स्थानीय क्षेत्रबाट समेत दर्शकको बाक्लो उपस्थिति रहेको थियो । निक्कै प्रतिष्पर्धात्मक रहेको खेलले दर्शकलाई भरपुर मनोरञ्जन समेत दिएको थियो ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।