पर्यटकको आगमनले दोमुखा भरिभराऊः एकै दिन २० हजार बढी आगन्तुककाे प्रवेश
८ पुस २०८१/डिकेश लामा
झापाकाे शिवसताक्षी नगरपालिकामा रहेको पुरानो र चर्चित दोमुखा धार्मिक पर्यटकीय क्षेत्र यतिखेर बनभोज खानेको भीडले भरिन थालेको छ । पुसको पहिलो शनिवार मात्र एकै दिन २० हजार बढी पर्यटकको आगमनले स्थानीय पर्यटन व्यवसायी उत्साहित बनेका छन् । स्थानीय र प्रदेश सरकारले समेत भौतिक पूर्वाधार निर्माणमा जोड दिए पछि पछिल्लो समय दोमुखा धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकको भीड बढेको छ । खासगरी विदाको दिन एकै दिनमा दशौं हजार मानिसको आगमन हुन थालेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाका उपाध्यक्ष रमेश तिम्सिनाले बताउनु भयो । तिम्सिनाका अनुसार एकै दिन २० हजार बढी पर्यटक अाउँदा हाेटल व्यवसायीहरू समेत उत्साहित बनेका छन्
बाल उद्यान देखि पार्क र पौडीका लागि नदिको प्राकृतिक बहावमा खेल्नका लागि पर्यटकहरु धेरै पुग्ने गरेका छन् । पर्यटकीय क्षेत्र पुग्ने सडक र पर्यटन लक्षित श्रृङ्गारिक पूर्वाधार निर्माणले दोमुखा पछिल्लो समय निक्कै आकार्षित बनेको मिक्लाजुङबाट घुम्न पुग्नु भएका नविन भण्डारीले बताउनु भयाे ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधार देखि ५ किलो मिटर उत्तर कन्काइ माइको चुरे फेदीमा दोमुखा धार्मिक पर्यटकीय क्षेत्र रहेको छ । २०३३ साल तिर कन्काई सिंचाईका लागि ड्याम निर्माण गरे पछि पार्कको रुपमा स्थापित बनेको क्षेत्र यतिखेर आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा पर्ने गरेको छ । झापामा दर्जन बढी यस्ता पर्यटक लक्षित क्षेत्र संचालनमा रहेका छन् । कोशी प्रदेश सरकारले घोषणा गरेको २०८२ पर्यटन बर्षलाई सफल बनाउन पर्यटक लक्षित गतिविधी र पूर्वाधार निर्माणमा अझ बढी जोड दिनु पर्ने पर्यटन व्यवसायीको भनाइ छ ।