सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)
१८ पुस २०८१/डिकेश लामा
झापाका सिमसार क्षेत्रहरुमा पछिल्लो समय डुङ्गा सयर प्रति पर्यटकको आकार्षण बढ्दै गएको छ । बनभोज खाने यो समय सिमसार क्षेत्रमा डुङ्गा संचालन गर्दा सामुदायिक बनलाई राम्रो आम्दानी समेत हुने गरेको छ । संघीयता पछि प्रदेश सरकारको सहयोगमा सिमसार क्षेत्र विस्तार गरेको जामुनखाडीमा यतिखेर निक्कै भीडभाड बढेको छ । खासगरी सिमसारमा डुङ्गा सयर गर्ने आन्तरिक पर्यटकको घँुइचो लाग्ने गरेको डुङ्गा सयर गराउँदै आउनु भएका नारायण माझीले बताउनु भयो ।
माझीका अनुसार प्रति व्यक्ति १ सय रूपयाँ लिएर शनिबारकाे दिन ५ सय बढीले डुङ्गा सयर गर्ने गरेकाे बताउनु भयाे ।
जिल्लाकै ठूलो सिमसार क्षेत्रको रुपमा परिचित जामुनखाडी सिमसार क्षेत्रमा संकटमा परेका जनावरको रेखदेख समेत हुँदै आएका छन् । संरक्षण गरेर राखेका २२ प्रकारका बन्य जन्तु हेर्नका लागि पनि पर्यटकहरुको आगमन हुने गरेको छ । सरकारले सहयोग गरे सिजनको समयमात्र नभएर सँधै आकार्षणको केन्द्र बनाउन सकिने जामनुबाढी सिमसार क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले बताउनु भयो । गिरीका अनुसार तीनै तहकाे सरकारले सहयाेग गरे सिजनमा मात्र नभइ सँधै प्रर्यटकलाइ तान्न सक्ने स्थान बनाउन सकिने बताउनु भयाे ।
पछिल्लो समय सामुदायिक बनमा रहेका प्राकृतिक सिमसारले आम्दानीको स्रोतको समेत काम गर्दै आएको छ । सिमसारले पर्यटकको आकार्षण गराउँदै जाँदा बन संचालनमा टेवा पुगेको धरानबाट सिमसार घुम्न पुग्नु भएका शिव धमलाले बताउनु भयो ।
जिल्लामा १ दर्जन हाराहारीमा प्राकृतिक पर्यटकीय क्षेत्रहरु संचालनमा रहेका छन् । भारतीय सिमासँग जोडिएको झापाका पर्यटकीय क्षेत्रमा सिमापारीका पर्यटकलाई लक्षित गरी कार्याक्रम संचालन गर्न सके प्रदेश सरकारको भ्रमण बर्ष २०८२ लाई समेत टेवा पुग्ने पर्यटन व्यवसायीहरुको भनाइ छ ।
नेपाल टेलिभिजनमा प्रसारित सामाग्री हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।
https://www.facebook.com/100063510791232/videos/562808349910774