उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील

कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं 

२२ पौष २०८१, सारासन्देश समाचार
इलामको फाकफोकथुम–२, का ६२ बर्षीय डम्बरबहादुर तामाङ उपचार गर्ने खर्चको अभावमा मृत्यु पर्खेर बस्नु परेको छ भन्दा फरक पर्दैन । गोले गाउँमा घर भई झण्डै १ बर्ष देखि मुखमा आएको क्यान्सरका कारण यतिखेर मर्नु न बाँच्नुको अवस्था सृजना भएको छ ।
यतिखेर छरछिमेकी आएर उहाँलाई बाँच्नु पर्छ भनेर आँट दिँदै आएका छन् । तर विरामी भने आँखा भरी आँशु पारेर उपचार गर्न पाएँ त बाँच्ने थिए तर के गर्नु गरिवलाई दैवले पनि साथ दिँदैन रहेछ भन्दै रुँने र गुनासो सुनाउने मात्र गर्दै आउनु भएको छ । जुन दैनिकी कथा वाचन जस्ताे बनेकाे छ ।
जसले गर्दा गरिब परिवारमा क्यान्सर रोग लाग्नु भनेको सिधै मृत्यु हो भन्ने परिवारमा भान परेको छ । यतिखेर तामाङलाई आर्थिक सहयोगको आवश्यकता परेको स्थानीय छिमेकी याम बहादुर गोलेले बताउनु भयो । गोलेले भन्नु भयो, हुने खाने परिवारको भएको भए बाँच्ने थिए तर आर्थिक अभावले गर्दा बाँचिञ्जेल समेत औषधी र भने जस्तो खाना खुवाउन नै समस्या भयो । उहाँले भन्नु भयो, ‘एक पटक वरिपरीका गाउँघरबाट चन्दा समेत उठाएर माड खाने र सामन्य औषधी खुवाउने व्यवस्थासम्म गरेका थियौं । तर अहिले त्यो पनि सकिएको अवस्था छ ।’

स्थानीय जनप्रतिनिधिहरुले समेत सकेको सहयोग गरेका छन् । तर अव भने रोग र भोक दुवैको समस्या छ । विरामीको श्रीमति टिकीमाया तामाङ पनि शारीरिकरुपमा अशक्त हुनु हुन्छ । दुई छोराछोरी पनि बोलीका अपाङ्ग हुन् । उनीहरुलाई विरामी स्याहर गर्ने कि कमाउन या माग्न जाने भन्ने समस्या छ । आफैमा सवै परिवार अपाङ्ग रहेका तामाङ परिवारहरुले सहयोगका लागि सहयोगी दाताहरुमा आग्रह गरेका छन् ।
उनीहरुले सामाजिक संजालमा छोरा र आफन्तको नम्बर समेत उपलव्ध गराएर सहयोग माग्दै आए पनि भने जस्तो सहयोग प्राप्त हुन नसक्दा ठूलो अस्पतालमा लगेर उपचार गर्न नसकेको विरामीकी बहिनी हर्कमाया तामाङले बताउनु भयो ।

छिमेकीले चन्दा उठाएर गरेकाे सहयाेग

मान्छे जन्मेर एक दिन मर्ने नै हो । तर यस्तो विपतीमा परेको वेला शक्त र सहयोगी मनहरुले सहयोग गरे मृत्यु पर्खेर बसेका क्यान्सर पीडित तामाङलाई बचाउन सकिने थियो कि भन्ने लागेको खानपिन तथा सकेसम्मको आर्थिक सहयोग गर्दै आएका छिमेकीहरुले बताएका छन् ।

विरामीका छोरा दलबहादुर तामाङले बुवाको बचाउका लागि सहयोगी हातहरुलाई आफूले उपलव्ध गराएको क्यूआरमा सहयोग गर्न अपील गर्नु भएको छ । सारासन्देश समाचारको तर्फबाट सहयोगी देशविदेशमा रहेका सहयोगी मनहरुलाई सहयोगका लागि पीडित परिवारको वैंक खातामा सहयोग गर्न आग्रह समेत गर्दछौं ।

सम्पर्कका लागि छोरा दलबहादुर तामाङको मोवायल नम्बर- ९७६५२३४८१३
आफन्त तथा सामाजिक अगुवा दिपक तामाङ -९८१५९७९३४३
वैंक एकाउण्ट विवरण
नामः दल बहादुर तामाङ
सानिमा बैंक
एकाउण्ट नम्बरः ०६८०११०६०००१०८९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)