नेपालमा आज १३६९ संक्रमित, २२३८ निकाेः १२ जनाकाे मृत्यु (तालिका सहित)

२७ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ८० जनामा गरिएको नमूना परीक्षणमा १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा २ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ६४ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार ४ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सवारी साधानमा हिड्दा सावधानः झापामा आज भएकाे सवारी दुघर्टनामा २ जनाकाे ज्यान गयाे
Next post पत्रकारकाे समुचित विकास गर्न महासंघ झापाले गर्याे समिति गठन