नेपालमा आज ४ संक्रमित, ४४ निको

१  वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा ४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको नमूना परीक्षणमा ४  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ४४  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४ सय ७९ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ठूलो परिमाणमा अवैध विविध सामान सहित मानिस पक्राऊ (फाेटाे फिचर सहित)
Next post झापामा पशुपालनमा यूवाको आकार्षणः यूवा लक्षित कार्यक्रममा अनुदान (फाेटाे फिचर सहित)