झापामा पशुपालनमा यूवाको आकार्षणः यूवा लक्षित कार्यक्रममा अनुदान (फाेटाे फिचर सहित)

१ बैशाख २०७९/डिकेश लामा

लामो समयको कोरोना कहरले समस्यामा परेका यूवालाई लक्षित गरी पशुपालन कार्याक्रम शुरु गरिएको छ । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा मार्फत यस बर्ष यूवा लक्षित पशुपालन कार्याक्रम शुरु गरे पछि कृषिमा यूवाको आकार्षण थप बढ्दै गएको छ ।

यूवालाई स्वरोजगार बनाउन झापामा अनुदानमा पशुपालन कार्याक्रम संचालन गरिएको छ । लामो कोरोना कहरले रोजगारीमा समस्या भएका यूवालाई गाउँघरमै रोजगार दिन यूवा लक्षित अनुदानको कार्याक्रम संचालन गरिएको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डाक्टर विनय श्रेष्ठले बताउनु भयो ।

पशुपालन गर्ने यूवाले कृषिलाई समेत जोड दिएका छन् । कृषि ज्ञान केन्द्रले समेत यस अघि यूवा लक्षित कार्याक्रमबाट अनुदान उपलव्ध गराएकाले उनीहरुलाई धेरै होसल्ला मिलेको गौरीगंज १ का वडा सदस्य अरुण राजवंशीले बताउनु भयो ।
गर्दा स्वदेशमै हुन्छ भन्ने उदाहरण केही यूवाहरुले बाख्रा पालनबाट समेत देखाएका छन् । शुरुमा विऊ बोका खरिदमा २ लाख रुपयाँ अनुदान लिएर थालेको बाख्रा पालन व्यवसायबाट अहिले राम्रो आम्दानीसँगै अरुलाई रोगजारी समेत दिन सक्ने भएको अर्जुनधारा ९ का कमल कडरियाले बताउनु भयो । कोरोना कहरका कारण विदेश जानबाट रोकिएका धेरै यूवाले झापामा स्वदेशमै पशुपालन गर्न थालेका छन् । यस बर्ष थप केही यूवालाई लक्षित गरी कार्याक्रम संचालनमा ल्याइएकाले कृषि कर्ममा प्रेरणा मिलेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४ संक्रमित, ४४ निको
Next post नेपालमा आज १४ संक्रमित, ५५ निको