दुई दुई पटक वर्ल्डकप विजेता अर्जेन्टिना र फ्रान्स बीच आइतबर भिडन्त हुने

२९ मंसीर २०७९,सारासन्देश समाचार- विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आउने आइतबर अर्जेन्टिना र फ्रान्स बीच खेल हुने भएकाे छ ।   गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको फाइनल खेलकाे भिडन्त पक्का गरेको हो ।

कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका हुन् ।

त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाका छन् । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फ्रान्स यस अघि २०१८ काे पनि वल्डकप विजेता हाेे । त्यस अघि १९९८ मा पनि फ्रान्सले नै वल्डकप जितेकाे थियाे ।  तर अर्जेन्टिनाले भने १९८६ यता २ पटक वल्डकप विजेता बनेपछि यता सफलता पाउन  सकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
Next post मल नपाउँदा झापामा चिया खेतीमा समस्या