मल नपाउँदा झापामा चिया खेतीमा समस्या

१ पुस २०७९/डिकेश लामा

नेपालकै सबै भन्दा धेरै चिया खेती हुने झापामा प्रयाप्त मल नपाउँदा किसानहरु मारमा परेका छन् । बर्षेनी मलको अभाव खेप्दै आएका किसानले धान तथा अन्य बाली जस्तो चियाले प्राथमिकता नपाउँदा चिया खेती समेत मास्दै लगेका छन् । आवश्यक मल नपाउँदा चिया किसानहरु मारमा परेका छन् । धान, मकै लगायतका अन्य बालीमा जस्तो पछिल्लो समय मलको लागि कोटा नछुट्याइएका कारण चिया किसानलाई समस्या भएको नेपाल राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाका प्राविधिक अनन्त ढुङ्गानाले बताउनु भयो । ढुङ्गानाका अनुसार यस अघि चियाका लागि संघीय सरकारले कोटा छुट्याएर मल पठाउने गथ्र्यो । तर पछिल्लो समय साल्ट टे«डिङ र कृषि सामाग्री केन्द्रबाट वितरण हुने र स्थानीय सरकारले धान लगायतका बालीलाई मात्र प्राथमिकता दिएकाले चिया खेतीमा समस्या आउन थालेको छ । चियामा मलखाद्य नभए खेती नै नहुने भएकाले मलको अभावमा साना किसानहरु मारमा परेको बताउनु भयो ।

समयमा मलखाद्य नपाउँदा चियामा रोग समेत लाग्ने गरेको छ । कतिपय क्षेत्रमा रोगका कारण उत्पादनमा समेत ह्रास आउन थालेको किसानले दुखेसो पोखेका छन् । झापामा २ हजार ९ सय ९३ वटा साना किसानका चिया बगान रहेको छ । यस्तै ७० वटा ठूला निगमहरु रहेका छन् । नेपालमा सवै भन्दा धेरै चिया खेती हुँदै आएको झापामा ७ हजार ७ सय २ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । तर ५ बर्ष अघिसम्म झापामा ११ हजार बढी क्षेत्रफलमा खेती हुँदै आएको थियो । जिल्लामा विस्तारी चियाको क्षेत्रफल घट्दै गएको छ ।

यस अघि दुई बर्षसम्म भएको लामो लकडाउनले गर्दा चिया बगानको उचित रेखदेख हुन सकेन । त्यस पछि धेरै साना किसानले चिया खेती मास्दै लगेका छन् । बर्षेनी चियामा आवश्यक खाद्यमलको अभाव हुँदै आएको कचनकवल क्षेत्रका किसानले बताएका छन् । मल नभएका कारणा चियामा राेग लाग्ने र राताे हुने समस्या समेत अाउन थालेकाे छ ।

५ बर्ष अघिसम्म झापामा झण्डै साढे ११ हजार हेक्टर क्षेत्रमा चिया खेती हुँदै आएको थियो । तर बर्षेनी चियाको खेती देखि बजारमा आएको समस्याले झण्डै ४ हजार हेक्टर क्षेत्रफल चिया खेती मासिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुई दुई पटक वर्ल्डकप विजेता अर्जेन्टिना र फ्रान्स बीच आइतबर भिडन्त हुने
Next post इन्धनको मूल्य प्रति लिटर ३ रूपयाँ घट्याे