कोरोनासँगै बन्द भएको गाैरीगंजकाे आठमौजा छोटी भन्सार बन्द हुँदा समस्याः व्यवसायी भन्छ्न् बजार नै सुक्न थाल्याे

३१ भदौ २०८०/डिकेश लामा

कोरोना कहर पछि बन्द भएको आठमौजा भन्सार संचालन नहुँदा दक्षिणी झापा गौरीगंजका व्यवसायी समस्यामा परेका छन् । ७ दशक देखि संचालनमा आएको छोटी भन्सार ३ बर्ष देखि बन्द हुँदा गौरीगंज बजार समेत प्रभावित भएको छ । पछिल्लो समय भारतबाट सामान भित्रन नपाउँदा व्यवसायी देखि बजारसम्म प्रभाव परेको स्थानीय बासिन्दाले बताएका छन् ।

झापाको दक्षिण पश्चिम भारतको सिमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार संचालन गर्न व्यवसायीले माग गरेका छन् । कोरोना कहरसँगै बन्द भएको भन्सार हालसम्म संचालन नुहँदा व्यवसायीलाई समस्या भएको उद्योग बाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महत्तोले बताउनु भयो । महत्तोका अनुसार पछिल्लो समय गौरीगंज बजार नै सुक्न थालेको छ । भारततिरबाट आउने सामानको भन्सार नहुँदा व्यवसाय मात्र नभएर भारतबाट आउने मानिसको चाप समेत घटेकाले बजारमा पूर्णरुपमा असर देखा पर्न थालेको बताउनु भयो । यस अघि आफू वडाको अध्यक्ष हुँदा नै भन्सार निर्माणको लागि कस्टम स्थापना गर्ने जग्गाको समेत प्रवन्ध गर्दा पनि संघीय सरकारले चासो नदिदाँ भएको छोटी भन्सार पनि बन्द भएकाले बजारमा व्यवसाय धेरै घटेको उहाँले बताउनु भयो । तत्काल यस तर्फ सरकारले ध्यान नदिए गौरीगंज बजार सुक्दै जाने अवस्था आएको उहाँले बताउनु भयो ।

आठमौजा छोटी भन्सार २०१६ साल तिर देखि नै घुम्ती राखेर संचालनमा ल्याइएको थियो । ५ बर्ष अघि मात्रै भन्सार व्यवस्थित गर्न नयाँ भवन समेत बनाइएको छ । तर भन्सार भने बन्द हुँदा व्यवसायीहरु मारमा परेको उनीहरुले गुनासो पोखेका छन् । सिमावर्ती क्षेत्रका युवा राजेश ऋषीदेवका अनुसार अहिले भन्सार बन्द भए पछि लुकिछिपी सामान ल्याउने र प्रहरीले पक्रने गर्न थाले पछि भारतबाट आयात गरेर व्यवसाय गर्नेहरुलाई जिविको पार्जन गर्नै समस्या हुन थालेको छ ।


यस्तै सोही पालिकाको वडा नं. १ कुन्जिबारीमा रहेको अर्को छोटी भन्सार समेत माओवादी द्वन्द्वकाल देखि बन्द रहेको छ । दक्षिणी झापाको छोटी भन्सारहरुको स्तरोन्नती गर्न बारम्बार माग गरिए पनि संघीय सरकारले चासो नदिएको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवंशीले बताउनु भयो । राजवंशीले समेत मेचीभन्सार कार्यालयमा पुगेर दुई पटकसम्म भन्सार संचालन गर्न आग्रह गर्नु भयो तर सरकारले सुनवाई नगरे पछि व्यवसायीमा समस्या आउन थालेको छ । पछिल्लो समय व्यापारीहरु पालिकामै आएर भन्सार संचालन तत्काल सुचारु गर्न दवाब दिने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘व्यापारीहरुको माग पनि नाजायज नभई जायज नै छ । भन्सार तिरेर व्यापार गर्छु त भन्न पायो नि । तर अहिले सानो सामान ल्याउँदा समेत ८० किलो मिटर बाटो टाढा गएर मुल भन्सारमा राजश्य वुझाउनु पर्ने समस्या छ ।’ भन्सार बन्द गरेकै कारण भारतले नेपालका मोटर साईकल समेत पारी जान नदिए पछि ठूलो समस्या आएको उहाँले बताउनु भयो ।


पूर्वी नेपालको मुख्य मेची र भद्रपुर भन्सार माताहत संचालन हुँदै आएका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु पछिल्लो समय बन्द रहेका छन् । १ सय ४४ किलो मिटर क्षेत्र खुल्ला सिमा भएको झापामा छोटी भन्सार बन्द हुँदा भारतबाट विना भन्सार नै लुकिछिपी सामान भित्रने गरेकाले यस प्रति सरकारले तत्काल ध्यान दिनु पर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालको रैथाने संकृतिको विकास नगरे पर्यटनको बिकास हुँदैन: मन्त्रि किराती (फोटो फिचर)
Next post ब्राजिलमा विमान दुर्घटना हुँदा चौध जनाको मृत्यु