नेपालको रैथाने संकृतिको विकास नगरे पर्यटनको बिकास हुँदैन: मन्त्रि किराती (फोटो फिचर)

३० भदौ २०८०/ इलाम 

रैथाने सँस्कृतिको विकास नगरे नेपालको पर्यटकीय क्षेत्रको विकास नहुने सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बताउनु भयो ।प्रेस सेन्टर नेपाल कोशी प्रदेश समितिको आयोजनामा सन्दकपुर गाउँपालिका वडा नं. ३  देउरालीमा भएको कार्याक्रम बोल्दै मन्त्री राईले स्थानीय रैथाने सँस्कृतिको विकास नगरे नेपालको पर्यटकीय क्षेत्रको आफ्नो पहिचान नखुल्ने बताउनु भयो ।

उँहाले पर्यटनको विकास गर्दा रैथाने खाद्यान्न, जडिबुटी, उत्पादनलाई प्राथमिकता दिइनु पर्नेमा जोड दिए । उनले स्थानीय संस्कार र संस्कृतिलाई पर्यटक सामु प्रदर्शन गर्न सकियो भने पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो  । पर्यटन प्रवर्धन गर्दा विदेशी पर्यटनको प्रतिलिपी नभइ स्थानीय मौलिकतालाई अगाडी सार्नु पर्ने बतौनु भयो  ।


मन्त्री किरातीले टाढाबाट आउने पर्यटकलाई रोङमा एकरात बसाएर सन्दकपुर ल्याउन सकिने पर्यटकीय सर्किटको बिकाश गर्न रोङ, सुर्योदय र सन्दकपुरलाई जोडेर पर्यटन प्रवर्धनका लागि बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो यस्तै प्रेस सेन्टर प्रदेश समितिले १४ बुँदे घोसणा सार्बजनिक गर्दै सन्दकपुरको बिकासमा संचारमाध्यमले पोहिलो प्रथामिकता दिने,पर्यटन विकासका लागि आवस्यक बजेट मागमा जोड दिने, लगायतका पत्रकारिताको विकासको लागि भूमिका विकास गर्न १४ बुंदे माग समेत सार्वजनिक गरिएको छ ।

प्रदेश समितिका अध्यक्ष बिनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो चरणमा मिडिया सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सन्दकपुरको मकैको खोया देखि किवीको वाइनले लोभ्यायो पर्यटकलाई (फोटो फिचर)
Next post कोरोनासँगै बन्द भएको गाैरीगंजकाे आठमौजा छोटी भन्सार बन्द हुँदा समस्याः व्यवसायी भन्छ्न् बजार नै सुक्न थाल्याे