दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण  गरिँदै 

८ कार्तिक २०८१/झापा

झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि २०७७ सालमा वडामा गएका टोलीले खिचेको परिचय पत्र वडाबाटै वितरण थालिएको हो ।

दमक नगरपालिकाको १० वटै वडामा धमाधम कार्ड वितरण शुरु गरिएको छ । बणानुक्रमका आधारमा वडाबासीलाई कार्ड वितरण गर्न तालिका बनाएर गते अनुसार बोलाएर एक महिना भित्र कार्ड वितरण गरिने गरी वितरण कार्य थालिएको वडा सचिव बालकृष्ण कोइरालाले बताउनु भयो । कोइरालाका अनुसार आगामी मंसीर ४ गतेसम्म बणानुक्रम र त्यस पछि सवैको परिचय पत्र उपलव्ध गराउने गरी तालिका बनाएर वितरणको काम थालिएको छ ।


फोटो खिचेको ३ बर्ष पछि परिचय पत्र पाए पछि नगरबासी खुशी बनेका छन् । यस अघि जिल्लाका १० वटा पालिकामा कार्ड वितरण भइसकेको छ । हालसम्म जिल्लामा २ लाख बढी परिचय पत्र वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सडक दुर्घटनामा हजुरबुबा नातिनीकाे घटना स्थलमै मृत्यु:पूर्व पश्चिम राजमार्ग अवराेध
Next post शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे