0 0
Read Time:1 Minute, 52 Second

११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

अाज प्रहरीले मोरङ उर्लाबारी-६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी-७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी-१० स्थायी ठेगाना भई दमक-३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि फरार रहेका दर्जीलाई प्रहरीको विशेष टोलीले हिजो (शनिबार) काँकडभिट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएकाे भन्दै किटानी जाहेरी दिएका मध्ये राजु भनिने शेरबहादुर लिम्बूसहित दमक-८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घले भने फरार रहेका छन् ।

घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *