ऋण काढेर किसानकाे दुधको भुक्तानी गर्दै सहकारी 

७ कार्तिक २०८१/डिकेश लामा


झापाका विभिन्न क्षेत्रमा अझै पनि धेरै किसानले दुध विक्री गरेको पैसा पाउन सकेका छैनन् । तर गौरादह नगरपालिकाको महारानीझोडा साना किसान कृषि सहकारीले भने ऋणको भार बोकेर भए पनि किसानको भुक्तानी नियमित नियमित गर्दै आएका छन् । दुधको भुक्तानी सहजै पाउँदै आएका झापाको गौरादह नगरपालिकाका किसानले पशुपालनलाई थप बृद्धि गर्दै लगेका छन् । अन्य क्षेत्रमा दुध विक्रीको पैसा नपाउँदा किसानहरु विस्थापित हुँदै गएको वेला आफूहरुले त्यस्तो समस्या भोग्नु नपरेको किसानले बताएका छन् । गौरादह नगरपालिकाका किसान बालकृष्ण रिमालका अनुसार संस्थाले नियमित भुक्तानी गरिरहेको छ । तर विगत जस्तो मुल्य भने पाउन नसकेको उहाँले बताउनु भयो ।

झापा जिल्लामा लामो समय देखि दुध विक्रीमा समस्या आएसँगै किसानहरु समेत मारमा पर्दै आएका छन् । दुधको मुल्य गिरावट र विक्रीको पैसा समेत नपाउँदा आफूहरुले नियमित भूक्तानी गरेर पनि किसानलाई हतोत्साहित नबनाउने गरी काम गरिरहेको संस्थाका प्रबन्ध चिरञ्जीवि भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार दुधको भुक्तानी संस्थाले गर्दै आएको भए पनि समस्या आउन थालेको उहाँले बताउनु भयो ।

संस्थाले अहिले दैनिक १ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको छ । ऋण काढेर भए पनि किसानलाई नियमित भुक्तानी गरीरहेकाले दुध संकलन बढ्दै गएको दुग्ध संकलन केन्द्रका प्रमुख फडिन्द्र रिजालले बताउनु भयो । रिजालका अनुसार संस्थाले ऋण काढेर पशुपालक किसानको रकम भुक्तानी गर्दै आएको छ । तर यो अवस्था लामो समय चल्न समस्या हुने उहाँले बताउनु भयो ।


झापा जिल्लामा ठूला साना पशुपालक किसानबाट झण्डै २ लाख लिटर दुध दैनिक उत्पादन हुने गर्दछ । तर धेरैले दुधको भुक्तानी पाउन नसकिरहेको अवस्थामा केही कृषि सहकारीले भने नियमित भुक्तानी गर्दा किसानलाई पशुपालनमा उत्साह मिलेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मावा पुल नजिकै झगडा हुँदा दमकका एक यूवाको हत्या
Next post सडक दुर्घटनामा हजुरबुबा नातिनीकाे घटना स्थलमै मृत्यु:पूर्व पश्चिम राजमार्ग अवराेध