हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)

१० कार्तिक २०८१/झापा
झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी आक्रोशित बनेका छन् । हत्याम संलग्नलाई राजनैतिक संरक्षण भएको भन्दै ४ दिन देखि यता इलाका प्रहरी कार्यालय दमकमा तनाब हुँदै आएको छ । आज अपरान्ह प्रहरी कार्यालय घेराऊ गर्न पुगेको भीड प्रहरी गेट अगाडी नै टायर बालेर प्रदर्शन र नाराबाजी गरे पछि दमकको स्थिति तनाबपूर्ण बन्दै गएको छ ।
यता मृतक निरौलाका आफन्तले हत्यारा सार्वजनिक नगरेको भन्दै अझैसम्म लाश बुझ्न मानेका छैनन् । मृतकको लाख दमक अस्पतालमै राखिएको छ ।


हत्यामा संलग्न भएको भन्दै गत बुधबार निरौलाको परिवारले दमक वडा नं. ८ का बुद्धि थापा, नम चेम्जोङ, दमक वडा नं. ३ का राजु भनिने शेरबहादुर नेम्बाङ, संखुवासभा मादी नगरपालिका घर भई हाल दमक वडा नं. ३ बस्ने गणेश दर्जी, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लावारी ७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेविड घले विरुद्ध जाहेरी दिएको छ ।


निरौलाको जग्गा विवादमा कुटपिटको क्रममा मृत्यु भएको दमक नगरपालिकाको सीसीटीभी फुटेजमा देखिएको नगरपालिकाले जानकारी दिएको छ । यता प्रहरीले भने झगडा भएको स्थानमा देखिएको २ वटा गाडी भने नियन्त्रणमा लिइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
Next post महारानीझोडाको २२ औँ बार्षिक साधारणसभा सम्पन्नः उत्कृष्ट किसानलाई सम्मान (फाेटाे फिचर)