महारानीझोडाको २२ औँ बार्षिक साधारणसभा सम्पन्नः उत्कृष्ट किसानलाई सम्मान (फाेटाे फिचर)

१० कार्तिक २०८१/झापा

नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले आज एक कार्याक्रमबीच उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरेको छ ।
धेरै सहकारी संस्था घाटामा गइरहेको वेला साना किसानले संचालन गरेको संस्थाले भने यो बर्ष झण्डै २ करोड रुपयाँ मुनाफा गर्न सफल भएको छ । २ हजार १ सय ९७ महिला मात्र सदस्य रहेको संस्थाले उत्कृष्ट किसान, जेष्ठ माता, सदस्यका उत्कृष्ट छात्रछात्रा लगायतलाई सम्मान गरेको छ । यस्तै संस्थामा उत्कृष्ट बचत, ऋणी र कृषीजन्य बस्तुको कारोबार गर्ने ३ दर्जन किसानलाई समेत सम्मान गरेको छ ।


उत्कृष्ट किसानमा मेनुका प्रसाईं सम्मानित हुनु भएको छ । यस्तै उत्कृष्ट कर्मचारीमा विऊ प्रशोधन केन्द्रका निमित्त व्यवस्थापक मनोज भट्राई सम्मानित हुनु भएको छ । कार्याक्रममा मुख्य प्रबन्धक चिरञ्जीवि भण्डारीको संयोजनमा तयार गरिएको १० वटा कृषि सचेतना सम्बन्धीका गीति संगालो समेत प्रमुख अतिथि सुवेदीले लोकार्पण गर्नु भएको छ ।


कार्यक्रममा अध्यक्षको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष मिनाकुमारी ढकालले सहकारीले किसानको हितमा ल्याइएका पशु तथा बाली विमा, विभिन्न उद्योग धन्दा, चाक्लाबन्दी खेती, कष्टम हायरिङ सेन्टर, साइलेज उद्योग लगायतले किसानलाई धेरै टेवा पुगेको बताउनु भयो ।
कार्याक्रममा प्रमुख अतिथि रहनु भएका गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पालिका भित्र कृषिमा काम गर्ने सहकारी संस्थाले उत्पादन गरेको कृषि उपार्जनको भण्डारणका लागि ४ वटा शित भण्डार निर्माण गरी बजारीकरणमा टेवा पुर्याउन सवैले सहयोग गर्नु पर्ने बताउनु भयो ।


संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालको अध्यक्षतामा भएको २२ औ साधारणसभामा कृषि सहकारी संस्थाका नेतृत्वले देश विकासका लागि सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)