२३ भदौ २०८२, काठमाडौँ–  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।  सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका थिए ।  गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए।

उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दु:खी रहेको र नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। लगत्तै उनी बालुवाटार पुगेर पदबाट राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *