
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा
धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य खनजाेत खेती प्रणाली हाे । अर्थात नखनीकनै मकै वा गहुँ राेप्ने तरिकालाइ शून्य खनजाेत खेती प्रणाली भनिन्छ । पछिल्लाे समय विना खनजोत प्रविधि झापामा प्रभावकारी बन्दै गएको छ । यो प्रविधिले उत्पादन लागत कम हुने भएकोले यस बर्ष झापाका किसानहरुले धान काटेको स्थानमा सिधै मकै रोप्ने कार्य गरेका छन् । खनजोत नै नगरी खेती गर्न मिल्छ भन्दा शुरुमा किसानहरुले पत्याएका थिएनन् । तर गहुँ र मकै खेती विना खोज प्रविधिबाट राम्रो उत्पादन भए पछि पछिल्लो समय किसानले यस प्रविधिमा खेती गर्न थालेको मकै जोन समन्वय समितिका पूर्व अध्यक्ष खगेन्द्र सिलवालले बताउनु भयो । सिलवालका अनुसार याे प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै माटाेकाे उर्वर शक्ति समेत क्षय नहुने बताउनु भयाे ।



प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना कार्यन्वयन इकाइ संचालन भए पछि जिल्लामा नयाँ प्रविधिमा खेती गर्ने चलन बढ्दै गएको छ । परियोजना संचालन भएको ८ बर्षमा जिल्लामा नयाँ प्रविधि र उन्नत जातमा खेती गर्ने चलन बढेको किसानको भनाइ छ ।